शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

दुग्धजन्य पदार्थ बिक्रीबाट १० महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २२ २०८३
दुग्धजन्य पदार्थ बिक्रीबाट १० महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन

कैलाली- धनगढी उपमहानगरपालिका-१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

कैलाली- धनगढी उपमहानगरपालिका-१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले जानकारी दिए। आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ। 

हाल दैनिक ३ हजार ५ सय लिटर दूध संकलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै संकलन केन्द्र सञ्चालन गरेको छ। रासस 

प्रकाशित : शुक्रबार, जेठ २२ २०८३१३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend