बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सबै आयोजनाको एकमुष्ट म्याद २०७९ चैतसम्म थप्न महासंघको माग, 'निर्माण होलिडे' घोषणाको चेतावनी

मंगलबार, चैत १५ २०७८
सबै आयोजनाको एकमुष्ट म्याद २०७९ चैतसम्म थप्न महासंघको माग, 'निर्माण होलिडे' घोषणाको चेतावनी

त्यसो गर्न नसके निर्माण होलिडे घोषणा गर्न आफूहरूको माग रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए।

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले कोभिड लगायतका कारणले निर्माणका काम हुन नसकेकाले आयोजनाको म्याद एकमुष्ट थप गर्न माग गरेको छ। म्याद थप भएका र नयाँ आयोजनाले समेत काम गर्न नसकेकाले सबै आयोजनाको म्याद एकमुष्टमा थप हुनुपर्ने बताएको छ।

महासंघले मूल्यवृद्धिका कारण निर्माणको काम हुन सक्ने अवस्था नरहेकाले मूल्यवृद्धि निर्देशिका जारी गर्न सरकारसँग माग गरेको छ।

यीलगायत माग पूरा गर्न चैत २४ सम्मको समय महासंघले सरकारलाई दिएको छ। माग पूरा नभए त्यसपछि आन्दोलनमा जान बाध्य हुने महासंघले जनाएको छ।

निर्माणको काम गर्न सरकारले मूल्यवृद्धि निर्देशिका ल्याउनु पर्ने र त्यसो गर्न नसके निर्माण होलिडे घोषणा गर्न आफूहरूको माग रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए।


प्रकाशित : मंगलबार, चैत १५ २०७८१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend