बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बेँसीसहर-चामे सडकखण्ड आजदेखि सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
बेँसीसहर-चामे सडकखण्ड आजदेखि सञ्चालन

नासो गाउँपालिका-९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ।

मनाङ- लमजुङ र मनाङ जोड्ने डुम्रे-बेँसीसहर-चामे सडकखण्ड आजदेखि सञ्चालनमा ल्याइएको छ। सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ।

सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ। कलभर्टको  ढलान पूर्णरुपमा ‘सेट’ नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो।

पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो। जिल्लाको नासो गाउँपालिका-९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ। यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो। पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा गरिएकामा गत कात्तिकमा आएको बाढी पहिराले काठेपुलसमेत बगाएको थियो।

त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याब कलभर्ट निर्माण गरिएको हो । रासस


प्रकाशित : मंगलबार, चैत १५ २०७८१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend