बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चैत २३ देखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
चैत २३ देखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने 

यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । 

काठमाडौं- चैते दशैँको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ । 

चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न नसक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा चैते दशैँका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरूको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरूको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । 

'मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरू रहने छन्' इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नवीन भट्टले भने ।

सम्पूर्ण उपभोग्य सामाग्रीहरू एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरू सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरूको मेलामा विशेष सहभागिता रहनेछ । 

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफूलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आँकलन इभेन्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ । स्टक क्लियरेन्स मेला चैत २७ गते चैते दशैँका दिनसम्म सञ्चालन हुनेछ ।


प्रकाशित : मंगलबार, चैत १५ २०७८०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend