बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अघोषित लोडसेडिङ नहटे उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
अघोषित लोडसेडिङ नहटे उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी 

यस्तो अवस्थामा सरकार गम्भीर भएर लाग्नुपर्ने उनीहरूको भनाइ छ। 

काठमाडौं- पछिल्लो एक सातादेखि उद्योगमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गरेको छ। 

सार्वजनिक रुपमा भन्न डराएको प्राधिकरणले अघोषित लोडसेडिङ गरेको उद्योगीहरूले गुनासो गरेका छन्। उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं १ ले आज सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उद्योग सञ्चालनको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन्। 

उद्योग सञ्चालनका आवश्यक बिजुलीको आपूर्ति गर्नका लागि भारतको भर पर्नुपर्ने अवस्था र भारतमा मूल्य बढेको भन्दै प्राधिकरणले खरिद गर्न सकेको छैन। भारतबाट महङ्गोमा बिजुली ल्याउन नकसेको भन्दै प्राधिकरणले दैनिक १४ घण्टासम्म लोडसेडिङ गरिएको छ। 

पछिल्लो २ वर्षदेखि कोरोना महामारीबाट प्रभावित व्यवसायी महँगो ऋण हुँदै अहिले बिजुलीको चरम अभावले झन् संकटमा धकेलेको व्यवसायीहरूले बताएका छन्। यस्तो अवस्थामा सरकार गम्भीर भएर लाग्नुपर्ने उनीहरूको भनाइ छ। 

अहिलेको अघोषित लोडसेडिङ अन्त्य नहुने हो भने उद्योग पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउने र यसको प्रभाव वृहत हुने उद्योगीहरूले चेतावनी दिएका छन्। रोजगारी कटौती हुने, उद्योग कंगाल हुने तथा त्यसको असर वित्तीय प्रणालीसम्म जाने भएकाले सरकार गम्भीर हुनुपर्ने उद्योगीको मत छ। 


   


प्रकाशित : मंगलबार, चैत १५ २०७८०८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend