बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नबिल बैंकसहित तीन कम्पनीको झन्डै ५ करोड कित्ता बोनस सेयर सूचीकृत, सेयरधनीको खातामा कहिले?

मंगलबार, चैत १५ २०७८
नबिल बैंकसहित तीन कम्पनीको झन्डै ५ करोड कित्ता बोनस सेयर सूचीकृत, सेयरधनीको खातामा कहिले?

नबिल बैंकसहित तीन कम्पनीको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत भएको छ। सेयरधनीको खातामा केही दिनमा पठाएपछि दोस्रो बजारमा लगानीकर्ताले कारोबार गर्न पाउने छन्।

काठमाडौं- नबिल बैंकसहित तीन कम्पनीको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत भएको छ। सेयरधनीको खातामा केही दिनमा पठाएपछि दोस्रो बजारमा लगानीकर्ताले कारोबार गर्न पाउने छन्।

नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५ दशमलव ८९ कित्ता, एक्सेलको ९ लाख ७३ हजार ३४५ दशलमव ४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१ दशलमव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

अब यो सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरिद बिक्री गर्न सक्नेछन्। नबिल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३३ दशलमव ६० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो।

त्यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर र स्वाभिमान लघुवित्तले पुस ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३२ दशलमव ३० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो।


प्रकाशित : मंगलबार, चैत १५ २०७८०६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend