आइतबार, जेठ ६ गते २०८१    
images
images

अर्थ मन्त्रालयमा 'चौथो सचिव' नियुक्त!

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २ २०७८
images
images
अर्थ मन्त्रालयमा 'चौथो सचिव' नियुक्त!

स्थापित मान्यता र विधि मिचेर अर्थमन्त्री जनार्दन शर्माले आफ्ना प्रेस सल्लाहकार गोबिन्द रोकालाई सचिवस्तरीय नियुक्ति दिएका छन्। मन्त्रिपरिषदबाट निर्णय गराएर पहिलोपटक अर्थ मन्त्रालयमा सचिव सहरको नियुक्ति दिएर प्रेस सल्लाहकार भित्र्याइएको हो। 

images
images

काठमाडौं- स्थापित मान्यता र विधि मिचेर अर्थमन्त्री जनार्दन शर्माले आफ्ना प्रेस सल्लाहकार गोबिन्द रोकालाई सचिवस्तरीय नियुक्ति दिएका छन्। मन्त्रिपरिषदबाट निर्णय गराएर पहिलोपटक अर्थ मन्त्रालयमा सचिव सहरको नियुक्ति दिएर प्रेस सल्लाहकार भित्र्याइएको हो। 

images
images
images

प्रधानमन्त्री, अर्थमन्त्री र सञ्चारमन्त्रीले प्रेस सल्लाहकार पाउने गरेका छन्। उनीहरूले मन्त्रिपरिषदबाट नै निर्णय गराएर सल्लाहकार राख्ने गरेका हुन्। 

images

अर्थमन्त्रीको प्रेस सल्लाहकार राजपत्रांकित प्रथम श्रेणी (सहसचिव सरह) को हुने भए पनि शर्माले भने गोबिन्द रोकालाई विशिष्ठ श्रेणी (सचिव सरहको) नियुक्ति दिएका छन्। रोका पहिले नेपाल टेलिभिजनको महाप्रबन्धक थिए। 

images
images

नियुक्ति पाउनु अघिदेखि नै रोकाले मन्त्रीको प्रेस व्यवस्थापनको काम गर्दै आएका छन्। 

images
images

अर्थ मन्त्रालयका एक सहसचिवले भने मन्त्रीले मन्त्रालयमा चौथो सचिव नियुक्त भएको टिप्पणी गरेका छन्। 'अहिले अर्थसचिव, राजस्व सचिव र महालेखा नियन्त्रक गरी तीनजना सचिव थिए, अब चौथो सचिव थपिएका छन्,' ती सहसचिवले टिप्पणी गरे। 

मन्त्रालयमा यसअघि नियुक्त भएका सबैजना सहसचिव सरहका थिए। 

मन्त्री शर्माले यसअघि उपप्राध्यापक सुरेन्द्र उप्रेतीलाई राज्यमन्त्री सरहको बरिष्ठ आर्थिक सल्लाहकार नियुक्त गरेका थिए।


प्रकाशित : शनिबार, असोज २ २०७८११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend