बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भारतको पावर ग्रिड कर्पोरेसनसँगको साझेदारीमा कम्पनी खोल्न प्राधिकरणलाई अनुमति 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
भारतको पावर ग्रिड कर्पोरेसनसँगको साझेदारीमा कम्पनी खोल्न प्राधिकरणलाई अनुमति 

गएको भदौमा नेपाल विद्युत्‌ प्राधिकरण र पावर ग्रिड कर्पोरेसेन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो। 

काठमाडौं- न्यू बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत भारतीय खण्डमा प्रसारण लाइन निर्माणका लागि कम्पनी खोल्न नेपाल विद्युत प्राधिकरणले अनुमति पाएको छ। 

भारतीय खण्डमा प्रसारण लाइन निर्माण गर्नका लागि भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडसँगको साझेदारीमा भारतमा कम्पनी स्थापना गर्नका लागि प्राधिकरणले अनुमति पाएको हो। 

भारतमा स्थापना हुने यो कम्पनीमा नेपाल विद्युत प्राधिकरणको पचास प्रतिशत सेयर हुने छ। यो कम्पनीमा प्राधिकरणले बढीमा एक रुपैयाँसम्म लगानी गर्न पाउने छ। 

नेपालबाट विदेशमा लगानी प्रतिबन्धित रहेकाले सरकारले निर्णय गरी प्राधिकरणलाई यस्तो अनुमति दिएको हो। 

गएको भदौमा नेपाल विद्युत्‌ प्राधिकरण र पावर ग्रिड कर्पोरेसेन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो। 

यो कम्पनीले निर्माण गर्ने प्रसारण लाइन नेपालमा एमसीसी परियोजना अन्तर्गत निर्माण हुने प्रसारण लाइनसँग जोडिने छ। एमसीसी कार्यान्वयनको एउटा पूर्वसर्त यो पूर्वाधारका लागि सहमति पनि थियो।  बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन १२० किलोमिटर रहेको छ। यसमा नेपालतर्फको २० किलोमिटर नेपाल आफैले निर्माण गर्नेछ भने भारत तर्फको सय किलोमिटर साझेदारीमा स्थापना भएको यो कम्पनीले गर्ने छ। यो कम्पनीले निर्माण गर्ने प्रसारण लाइनको लागत ६ अर्ब हुने प्रारम्भिक अनुमान छ। 

 


प्रकाशित : सोमबार, चैत १४ २०७८१४:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend