आइतबार, असोज ६ गते २०८१    
images
images

भारतपे, पेटीएम र गुगलपेसँग जोडियो ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
images
images
भारतपे, पेटीएम र गुगलपेसँग जोडियो ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ 

अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै यी माध्यमबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ 

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरूलाई क्यूआर सुविधा दिनका लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्राली) सँग सम्झौता गरेको छ । 

images
images
images

सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पेटीएम र गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने छ। उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्। 

सेवा सञ्चालन भएपछि  नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै यी माध्यमबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ 

त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन् । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने बैंकको विश्वास छ। 

images

 


प्रकाशित : सोमबार, चैत १४ २०७८०९:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend