आइतबार, असोज ६ गते २०८१    
images
images

तनहुँ जलविद्युत् : प्रसारण लाइन विस्तार तीव्र

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
images
images
तनहुँ जलविद्युत् : प्रसारण लाइन विस्तार तीव्र

तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ।

images
images

तनहुँ- तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरिसकेको छ।

images
images
images

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ वटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो। आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेशन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ। जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण कार्य भइरहेको उनले बताए।

सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ। एक हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ। उनले भने, 'अहिलेसम्म करिब ३०० मिटर मुख्य सुरुङ खनिएको छ।'

images

केइसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ।

आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ। आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ। कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाखमा एडीबीको १५ करोड रहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। रासस


प्रकाशित : सोमबार, चैत १४ २०७८०७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend