बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दुई वर्षदेखि रोकिएको 'नाडा अटो शो २०२२' भदौ ७ देखि हुने

सोमबार, चैत १४ २०७८
दुई वर्षदेखि रोकिएको 'नाडा अटो शो २०२२' भदौ ७ देखि हुने

२०७९ मा पनि दसैंअघि भदौ ७ देखि १२ सम्म (अगस्ट २३ देखि २८) हुने भएको छ। 

काठमाडौं- दुई वर्षदेखि रोकिएको सवारीसाधनको प्रदर्शनी तथा बिक्री मेला अटो शो आगामी वर्ष भदौ ७ गतेदेखि हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्दै आएको अटो शो दुई वर्षयता कोरोना महामारीका कारण हुन सकेको थिएन। 

नाडा अटो शो २०२२ भने अवस्था सामान्य रहेकाले हुनेमा अटोमोबाइल व्यावसायीहरु आसावादी रहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै नाडाले अटो शो २०२२ को मिति तय गरेको हो। नाडाले गएको दुई वर्षलाई छाड्ने हो भने हरेक वर्ष दसैंअघि अटो शो गर्दै आएको थियो। २०७९ मा पनि दसैंअघि भदौ ७ देखि १२ सम्म (अगस्ट २३ देखि २८) हुने भएको छ। 

नाडा अटो शोमा नेपालमा उपलब्ध सवारीसाधन तथा सवारीजन्य पार्ट पुर्जाको प्रदर्शनी हुने छ। नाडा अटो शो २०२२ पनि काठमाडौंको भृकुटीपण्डप स्थित प्रदर्शनी हलमा हुनेछ। 


प्रकाशित : सोमबार, चैत १४ २०७८०५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend