बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

६ बजेबाट उद्योगमा बिजुली काटिने

आइतबार, चैत १३ २०७८
६ बजेबाट उद्योगमा बिजुली काटिने

नेपाल विद्युत प्राधिकरणले भारतबाट आवश्यकता अनुसार बिजुली आयात गर्न नसक्दा उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन्।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले भारतबाट आवश्यकता अनुसार बिजुली आयात गर्न नसक्दा उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन्।

शनिबार साँझ ६ बजेबाट बिहान ३ बजेसम्म उद्योगमा बिजुली नदिएको प्राधिकणले आइतबार पनि उद्योगलाई बेलुका ६ बजेपछिको पिक आवरमा नै बिजुली नदिने भएको छ।

उद्योगमा ६ बजेटबाट बिजुली नदिने सूचना भइसकेको नेपाल विद्युत प्राधिकरण प्रवक्ता सुरेश भट्टराई बताउँछन्। ‘विडिङबाट बिजुली पाएको अवस्थामा उद्योगलाई बिजुली दिने हो,’ उनले भने, ‘विडिङबाट पनि आवश्यता अनुसारको बिजुली नपाउँदा उद्योगलाई आवश्यकता अनुसार बिजुली दिन सकेका छैनौँ।’

भारतमा कच्चा पर्दाथको अभाव बढ्दै जाँदा उत्पादन कम भएको र मागअनुसारको बिजुली पाउन नसकेको उनको भनाइ छ। ‘बिजुली पाएसँम्म दिने हो,’ उनले भने ‘भारतमै त बिजुली नपाएर उद्योग बन्द हुने थालेका छन्। सर्वसाधरणले पाउँदै आएको बिजुली कटौती भएको छ। तर हामीले त जसरी उद्योगलाई बिजुली दिएको छौँ, यसलाई नर्मल नै भन्नु पर्छ।’

यता उद्योगीले भने प्रतियुनिट ३८ रुपैयाँ खर्च गरेर बिजुली आयात गरेर भए पनि उद्योगमा बत्ती दिने उद्घोष गर्नेहरुले अहिले बिजुली काटिरेको बताएका छन्।  ‘जनताबाट वाह! पाउनका लागि मिडियामा बोल्दा बिजुली दिइरहेको छौँ र दिन्छौँ भने तर व्यवहार भने फरक गर्ने काम भएको छ,’ एक उद्योगीले भने।


प्रकाशित : आइतबार, चैत १३ २०७८११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend