बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ अनुदान सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ अनुदान सहयोग

-चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई  ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

काठमाडौं- चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई  ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो।

यसैबीच नेपालको भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन्। 

वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिएका छन्। चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका छन्।


प्रकाशित : आइतबार, चैत १३ २०७८०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend