सोमबार, वैशाख १७ गते २०८१    
images
images

हुलाकी राजमार्गको दुर्दशा : दुई वर्षमा २० प्रतिशत काम

images
बिजनेस न्युज
images
images
हुलाकी राजमार्गको दुर्दशा : दुई वर्षमा २० प्रतिशत काम
images
images

मोरङ- मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ। हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन्। निर्माण व्यवसायीको हेलचर्क्‍याइँले सो सडक अलपत्र परेको हो।

images
images
images

सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा यहाँका नागरिक निराश बनेका छन्। अहिलेसम्म सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र भएको बताइएको छ। मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति दुई वर्ष पाँच महिनामा २० प्रतिशत मात्र पुगेको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना निर्माणका लागि  प्राप्त बजेटमध्ये ८० प्रतिशत खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय  इटहरीले जनाएको छ।  

images

विसं २०७६ कात्तिकमा चार लेन सडक निर्माण गर्ने ठेक्का समझौता भएको  थियो। सो आयोजनाको निर्माण कार्य विसं २०७९ कात्तिक २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्ले छ। मोरङको ४४ किलोमिटरमध्ये अहिलेसम्म चार दशमलव पाँच किलोमिटर मात्र कालोपत्र भएको छ भने सडकको दायाँबायाँ नाला निर्माण गर्ने काम भइरहेको छ। बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताए। 

images

सो सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्र, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पूर्वाधार र सात दशमलव पाँच किलोमिटर सबबेसको काम भएको छ। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आफ्नो पालिकामा ठेक्का पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा हुलाकी सडक विस्तारले गति लिन नसकेको बताए। सडक निर्माण पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधारण दुर्घटनाको जोखिममा पर्नुका साथै धुल्लामे हुँदै आएको छ। यात्रा कष्टकर बनेको उनको भनाइ छ।

images
images

ठेकेदार कम्पनीले ठेक्का लिएको दुई बितिसक्दा पनि २० प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। उक्त सडक सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ। विराटनगर–रङ्गेली सडकखण्डमा कल्भर्ट बनाउन भत्काइएका सडक धुलाम्ये, खाल्डाखुल्डी बनेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ भने कामको प्रभावकारी अनुगमन हुन नसक्दा ढिलासुस्ती भइरहेको स्थानीयवासी उद्धव कोइरालाको गुनासो छ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा रहेको मोरङको हुलाकी सडकमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन्। कालिका कन्स्ट्रक्शनले ठेक्का लिएको सडकमा ६० प्रतिशत काम भएको छ भने बाँकी चारवटा  ठेकेदार कम्पनीहरुको कामको प्रगति २० प्रतिशत मात्र रहेको छ। रासस

images

प्रकाशित : शनिबार, चैत १२ २०७८०९:१२
प्रतिक्रिया दिनुहोस