बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

समाधान भयो वर्षौंदेखि खानेपानी समस्या, मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १२ २०७८
समाधान भयो वर्षौंदेखि खानेपानी समस्या, मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालन

खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका-१२ स्थित भिमटारका १ सय ९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ।

सिन्धुपाल्चोक- फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका-१३ स्थित फटकशिलाका ३ सय घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ। 

नगरपालिकाको दुई करोड रुपैयाँको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन्।

नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र धाराको संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए।

भीमटारको १९५ घरमा पुग्यो पानीको धारा
 
खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका-१२ स्थित भिमटारका १ सय ९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ।

३७ लाख रुपैयाँको लागतमा ८२ घनमिटरको ट्याङ्की बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीयवासी लाभान्वित भएका छन्।

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएको बताए। रासस 


प्रकाशित : शनिबार, चैत १२ २०७८०४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend