बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

जेठबाट मात्र लाइसेन्सको आवेदन खुल्ने, घरमै लाइसेन्स डेलिभरी गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
जेठबाट मात्र लाइसेन्सको आवेदन खुल्ने, घरमै लाइसेन्स डेलिभरी गरिने

त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरि तत्काल अस्थायी लाइसेन्स दिइने योजना विभागको छ। 

काठमाडौं- यातायात व्यवस्था विभागले जेठबाट लाइसेन्सको सहज रुपमा वितरण गर्ने व्यवस्था गरिने बताएको छ। चैत एकदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द गरेको यातायात व्यवस्था विभागले यस्तो बताएको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले विभागमा आफ्नो एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै २०२१ को २ लाख ८ हजार र २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए। ‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जस्तैगरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको हो,’ घिमिरले भने, ‘नभएर विभागमा प्रिन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्छ। नत्र भए अवस्था सहज हुन कठिन छ।’ 

ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको भन्दै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दाबी उनको भनाइ। शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सकिन्छ भनेर विभागले मन्त्रालयमा प्रस्ताव पठाएका महानिर्देशक घिमिरेले बताए। 

उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन खोलिने छ। जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने दाबी उनको छ। त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरि तत्काल अस्थायी लाइसेन्स दिइने योजना विभागको छ। 

‘अहिले दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी हुन्छन्, अब क्षमता बढाएर १५ हजार बनाउने तयारीमा छौं,’ घिमिरेले भने, ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भनसक्ने बनाएर बिचौलिया रोक्छौं।’ जेठपछि अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने व्यवस्था हुने लागेको घिमिरेले जानकारी दिए। 

आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलायनबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था विभागले गर्न लागेको छ।  

बागमती बाहेकका अन्य प्रदेशले अंकभारका आधारमा ट्रायल लिने काम सुरु गर्न लागेको भन्दै महानिर्देशक घिमिरेले यो व्यवस्था सबैतिर लागू भएपछि लाइसेन्स वितरण थप सहज हुने दाबी गरे।


प्रकाशित : शुक्रबार, चैत ११ २०७८११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend