बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी

खाद्य पदार्थको मूल्यवृद्धि र खाद्य संकटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्ने चिन्ता

लण्डन (रासस/एएनआई) - विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन संकटका कारण खाद्य पदार्थको मूल्यवृद्धि भएको दाबी गरेकी छिन्। 

उनका अनुसार खाद्य पदार्थको मूल्यवृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ। खाद्य पदार्थमा भएको मूल्यवृद्धि र खाद्य संकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताइन्।

'यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,' उनले भनिन्।    

खाद्य पदार्थको मूल्यवृद्धि र खाद्य संकटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरिन्।

विश्वका धेरै देशमा खाद्य संकटसँगै ऊर्जा संकट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ। ऊर्जा संकटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावलाई समेत संकेत गरेकी हुन्। 

गार्जियनसँगको अन्तरवार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै संकटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिइन्।


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend