आइतबार, जेठ ६ गते २०८१    
images
images

न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एशियन कङ्क्रिटो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २ २०७८
images
images
न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एशियन कङ्क्रिटो

राजधानीका तीन सहरमा लगाइएका मोज्याक अधिकांश आफ्नो कम्पनीको रहेको उनको भनाइ छ । सुरुमा उपकरण खरिदमा महँगो तिर्नुपरे पनि थोरै जनशक्तिबाट धेरै काम गर्न सक्दा लक्ष्यअनुसार काम गर्न पाएको रुङ्गटाले बताए। कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालले भूकम्पपछि आफूहरूले नेपालमा यो उत्पादनको आवश्यकता महसुस गरेर जर्मन पुगेको स्मरण गराए। 

images
images

चितवन- मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एसियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन लिन सफल भएको हो ।
 
उद्योगले दैनिक एक हजार ५०० हाराहारी मजदुरले गर्नुपर्ने काम स्वचालित उपकरणको प्रयोग गरी २५ जनाले पूर्ण क्षमतामा उत्पादन गर्न सफल भएको छ । जर्मन प्रविधिको मासा कम्पनीको यस उपकरण सञ्चालनमा अपरेटरको मात्रै बढी काम हुने गरेको छ । उद्योगमा रहेका २५ जनामध्ये मेसिन अपरेटर, सवारीचालक, गुणस्तर मापन गर्ने र निर्देशन गर्ने इञ्जिनियर एवं प्रविधिकसँगै उत्पादन सामग्रीलाई व्यवस्थापन गर्ने केही मजदुर छन् ।
 
उद्योगका उपाध्यक्ष श्यामल झाका अनुसार उद्योगमा कच्चा पदार्थ आइसकेपछि त्यसको भण्डारण गरिन्छ । बालुवा, गिट्टी, सिमेन्ट, पानी र रङको प्रयोग गरी मोज्याक टायल, इटालगायतका ३० प्रकारका निर्माणजन्य सामग्री उद्योगले उत्पादन गर्दै आएको छ । बाहिरबाट आएको गिट्टीलाई उद्योगभित्रै आवश्यक आकारमा परिणत गरिन्छ । झाका अनुसार कच्चा पदार्थ छ ठाउँबाट स्वचालित उपकरणमा पठाइन्छ । 

images
images
images

लोडर चालकले सामग्री हालेपछि विभिन्न प्रशोधन प्रक्रिया हुँदै तयारी सामग्री बाहिर आउँछ । यस क्रममा गुणस्तर मापन गर्ने विज्ञ, इञ्जिनीयर, अपरेटरसहित केही मजदुरले काम गर्दनन् । कच्चा पदार्थ हालिसकेपछि स्वचालित प्रक्रियाबाट प्रशोधन हुँदै आवश्यक आकारका निर्माण सामग्री बनेर अत्याधुनिक रोबटिक प्रविधिको भट्टीमा उच्च ताप दिएर तयारी सामग्री प्याकिङ गरी बाहिर आउँदछ । उद्योगको दैनिक ६०० मेट्रिक टन निर्माण सामग्री उत्पादन गर्ने क्षमता छ । झा भन्छन्,“हामी एक दिनमा छ मिटर चौडा बाटो १० किलोमिटर बनाउन पुग्ने गरी सामग्री उत्पादन गर्न सक्छौँ ।”
 
उद्योगका अध्यक्ष मनिष रुङ्गटा ठूलो जोखिम मोलेर यो प्रविधि नेपाल भित्र्याइएको बताउछन्। भारतमा समेत दुई वटा मात्रै यस्ता उपकरण रहेको भन्दै उनले भने , “अब हामी आशावादी छौँ नेपाल गुणस्तर चिह्नसमेत पाउन सफल भयौँ ।” युरोपियन तथा भारतीय मापदण्डअनुसार उत्पादन भइरहेको आफ्नो उत्पादन देशका प्रमुख सहरमा पुगेको उनको भनाइ छ ।
 
राजधानीका तीन सहरमा लगाइएका मोज्याक अधिकांश आफ्नो कम्पनीको रहेको उनको भनाइ छ । सुरुमा उपकरण खरिदमा महँगो तिर्नुपरे पनि थोरै जनशक्तिबाट धेरै काम गर्न सक्दा लक्ष्यअनुसार काम गर्न पाएको रुङ्गटाले बताए। कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालले भूकम्पपछि आफूहरूले नेपालमा यो उत्पादनको आवश्यकता महसुस गरेर जर्मन पुगेको स्मरण गराए। 
 
व्यावसायिक घरानाको समूहले एक अर्ब ५० करोड लगानी गरेर यो उद्योग सञ्चालनमा ल्याइएको हो । यसको उत्पादनको भार क्षमता एम ३५ देखि एम ५५ सम्मका छन् । त्यसका उत्पादनले एक सय टनसम्म धान्ने क्षमता राख्ने उनको भनाइ छ । यो उत्पादनको आयु ५० वर्षभन्दा बढी भएको उद्योगको दाबी छ । रासस
 

images


प्रकाशित : शनिबार, असोज २ २०७८०५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend