बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

शुक्रबार पनि ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य

शुक्रबार, चैत ११ २०७८
शुक्रबार पनि ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य

शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- सुनको मूल्य फेरि बढ्न थालेको छ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको हो। बिहीबार पनि सुन प्रतितोला ११ सय रुपैयाँ बढेको थियो। 

शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदी प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend