शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पर्यटन विभागले दियो पाँच दिने अल्टिमेटम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
images
बक्यौता नबुझाउने तीन क्यासिनोलाई पर्यटन विभागले दियो पाँच दिने अल्टिमेटम

तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।

images
images

काठमाडौं- पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ। विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार रूपैयाँ बक्यौता बुझाउन अल्टिमेटम दिएको हो।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गराएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।

images
images

उनले भने, 'मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिन निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौँ, नबुझाए कारबाही हुन्छ।'

images
images

विभागले एक सार्वजनिक गरेको सूचनामा रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रूपैयाँ बक्यौता रहेको जनाएको छ।

ती कम्पनीले पाँच दिनभित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रूपैयाँ उठाउन बाँकी रहेको छ। हालसम्म १७ कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड रूपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend