बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एकदिनमै १३ अर्ब घट्यो निक्षेप, ऋण प्रवाह ठप्प 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
एकदिनमै १३ अर्ब घट्यो निक्षेप, ऋण प्रवाह ठप्प 

सबैभन्दा धेरै वाणिज्य बैंकहरूबाट निक्षेप घटेको छ। वाणिज्य बैंकहरुबाट एकैदिन १४ अर्ब निक्षेप घटेको छ। 

काठमाडौं- बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चैत ८ गतेसम्म ४८ खर्ब ९५ अर्ब निक्षेप पुगेकोमा चैत ९  गते ४८ खर्ब ८२ अर्बमा सीमित भएको छ। 

सबैभन्दा धेरै वाणिज्य बैंकहरूबाट निक्षेप घटेको छ। वाणिज्य बैंकहरुबाट एकैदिन १४ अर्ब निक्षेप घटेको छ। 

छोटो अवधिमा निक्षेपमा तलमाथि हुने नेपाल राष्ट्र बैंकले प्रवाह गरेको आपतकालीन सापटीका कारणले हो। राष्ट्र बैंकले १५ दिनका लागि यस्तो सुविधा दिएको हुन्छ। बैंकहरूले भुक्तानी गरेको दिन यस्तो निक्षेप घट्छ भने फेरि राष्ट्र बैंकले सुविधा दिएपछि प्रणालीमा आउँछ। 

सो अवधिमा ऋण प्रवाह भने ठप्प भएको छ।


प्रकाशित : बिहीबार , चैत १० २०७८११:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend