शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

प्रविधिको प्रयोगले राजश्वमा वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
प्रविधिको प्रयोगले राजश्वमा वृद्धि

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोत कार्यालयले सञ्चार प्रविधिको प्रयोगले राजश्व वृद्धि भएको बताएका छन्।

मोरङ- भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोत कार्यालयले सञ्चार प्रविधिको प्रयोगले राजश्व वृद्धि भएको बताएका छन्।

प्रदेश नं १ स्तरीय भूमिसुधार तथा मालपोत कार्यालयद्धारा आयोजित वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले प्रविधिको प्रयोगका कारण राजश्व वृद्धि भई मालपोत कार्यालयले गत आर्थिक वर्षमा ५७ अर्व ५० करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिए। निर्देशक पौडेलले सेवाप्रवाहलाई सुलभ र सरल बनाई  नागरिकको विश्वासआर्जनतर्फ ध्यान दिन निर्देशनसमेत दिए। 

सहभागीले पटकपटक सर्भर बन्द हुने समस्याको समाधान एवम् विगत दुई वर्षदेखि जग्गाको मुल्याङ्कन परिवर्तन भएकोले सच्याउन पर्ने सुझाव दिएका थिए। 

गत आर्थिक वर्षमा मुलुकभरका भूमिसुधार तथा मालपोत कार्यालयले १८ लाख लिखत पास गरेका थिए।  अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका २५ वटा भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखको सहभागिता रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, असोज १ २०७८१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend