बिहीबार , वैशाख १३ गते २०८१    
images
images

टेस्लाले बिना मार्केटिङ बेचिरहेछ लाखौँ कार, यस्तो छ आरएन्डडी र मार्केटिङमा अन्य ब्रान्ड र टेस्लाको खर्च

images
images
images
टेस्लाले बिना मार्केटिङ बेचिरहेछ लाखौँ कार, यस्तो छ आरएन्डडी र मार्केटिङमा अन्य ब्रान्ड र टेस्लाको खर्च

टेस्लाले प्रतिकार जति रकम आरएन्डडीमा खर्चिएको छ त्यो पुराना कार उत्पादकले खर्चिएको भन्दा तेबर हो।

images
images

काठमाडौं- अहिलेको समयमा बिना मार्केटिङ कुनै वस्तु बिक्री हुन्छ भन्नु असम्भवप्रायः छ। तर अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला यस्तो कम्पनी हो जसले हासम्म मार्केटिङमा एक रुपैयाँ खर्च गरेको छैन। 

images
images
images

टेस्लाको सबैभन्दा ठूलो मार्केटिङ ‘वर्ड अफ माउथ’ नै हो। टेस्लाले ३/४ वर्षयता ठूलो संख्यामा विश्वभर कार बिक्री गर्दै आएको छ। विद्युतीय कार उत्पादन तथा बिक्रीमा टेस्लाले नयाँ ट्रेन्ड नै सेट गर्‍योभन्दा फरक पर्दैन। 

images

टेस्लाले २०२१ मा विश्वभर करिब १० लाख कार बिक्री गरेको थियो। यसरी बिक्री भएका कार कुनै विज्ञापन वा मार्केटिङ बिना नै भएका हुन्। अटोमोबाइल उत्पादकहरुका लागि आफ्ना सवारी बिक्री गर्न मार्केटिङ महत्वपूर्ण माध्यका रुपमा स्थापित छ। तर टेस्लाको हकमा यो आजसम्म लागु भएको छैन। 

images

बरु टेस्लाले कार उत्पादनका लागि सबैभन्दा महत्वपूर्ण आरएन्डडी (रिसर्च एन्ड डेभलपमेन्ट)मा भने स्थापित पुराना कार उत्पादकको तुलनामा धेरै ठूलो धनराशी खर्चिएको छ। टेस्लाले बिक्री भएको एक कारमा औषतमा २ हजार ९ सय ८४ अमेरिकी डलर आरएन्डडीमा खर्चिएको भिजुअल क्यापिटालिस्टले लेखेको छ। यो रकम भनेको परम्परागत कार उत्पादकले गर्ने प्रतिकार आरएन्डडीको तेबर हो।

images
images

यसले के बुझाउँछ भने टेस्लाले कार उत्पादनपूर्वको अनुसन्धान र विकासमा ठूलो धनराशी खर्चिएको छ। टेस्लाले प्रतिकार जति रकम आरएन्डडीमा खर्चिएको छ त्यो पुराना कार उत्पादकले खर्चिको भन्दा तेबर हो। अर्थात टेस्लाले प्रति कार २ हजार ९ सय ८४ डलर आरएन्डडीमा खर्चिएको छ जुन पुराना ३ कार कम्पनी (फोर्ड, जीएम र क्राइसलर)ले खर्चिए बराबरको रकम हो। 

कम्पनीअनुसार प्रतिकार आरएन्डडी र मार्केटिङमा गरेको खर्च

टेस्ला- आरएन्डडीमा २९८४ डलर र मार्केटिङमा शून्य

फोर्ड- आरएन्डडीमा ११८६ डलर र मार्केटिङमा ४६८ डलर

टोयोटा- आरएन्डडीमा १०६३ डलर र मार्केटिङमा ४५४ डलर

जनरल मोटर्स- आरएन्डडीमा ८७८ डलर र मार्केटिङमा ३९४ डलर

क्राइसलर- आरएन्डडीमा ७८४ डलर र मार्केटिङमा ६६४ डलर

टेस्लाले विद्युतीय कार उत्पादन गरेर संसारभर नै नयाँ लहर ल्यायो। टेस्लाले उत्पादन गरेका कार बारे संसारभरका मिडियाले समाचार लेख्दै आएका छन्। टेस्लाले प्रत्यक्ष मार्केटिङभन्दा सामाजिक सञ्चालमार्फत आफ्ना उत्पादन बारे उल्लेख गर्दै आएको छ। 

टेस्लाका सीईओ एलन मस्कले पनि ट्वीटरलाई आफ्नो कम्पनीका उत्पादनबारे प्रचार गर्ने राम्रो माध्यका रुपमा उपयोग गर्दै आएका छन्। ट्वीटरमा उनको लाखौं फलोअर्स छन्। टेस्लाकै सेयर मूल्यमा भएको वृद्धिका कारण मस्क संसारकै धनाढ्यसमेत भएका छन्। 

images

प्रकाशित : शुक्रबार, चैत ११ २०७८०५:०४

प्रतिक्रिया दिनुहोस