काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ थियो।
नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो।
