सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्थानीय परिकार प्रवर्द्धनका लागि नेपालगञ्जमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १२ २०८३
स्थानीय परिकार प्रवर्द्धनका लागि नेपालगञ्जमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल

कार्यक्रममा स्वदेशी पर्यटकसँगै छिमेकी मुलुक भारतबाट गरी ५ हजार मानिसको सहभागिता छ।

नेपालगञ्ज- स्थानीय परिकार प्रहिचान र प्रवर्द्धन गर्ने उदेश्‍यले नेपालगन्जमा ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्‍चालन रहने छ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ।

यस महोत्सवलले नेपालगञ्ज तथा बाँके जिल्लाको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय परिकारको पहिचान स्थापित गर्ने र होटल व्यवसायलाई सुदृढ बनाउनु रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए। कार्यक्रममा स्वदेशी पर्यटकसँगै छिमेकी मुलुक भारतबाट गरी ५ हजार मानिसको सहभागिता छ।

महोत्सवमा स्ट्रीट फुडदेखि पाँचतारे होटलस्तरीय विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइएको छ। साथै स्थानीय स्वादिष्ट खाना, परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ, कला-संस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेका छन्। महोत्सवमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले करिब ४० वटा स्टलह राखेका छन्।

फेस्टिभलमा स्थानीय कलाकारका परम्परागत नृत्यदेखि ‘फिरन्ते’, ‘द जाप्पर्स’, ‘रकहेड्स’, ‘द ब्ल्याक होल’ र चर्चित गायक रामकृष्ण ढकाल, हास्य कलाकार तथा नायक विजय बराल, नायिका वर्षा राउत, हास्य कलाकार मेक्सम गौडेलसहितका कलाकारहरूले लाइभ म्युजिकसहितको प्रस्तुति दिने छन्। त्यसैगरी स्थानीय कलाकारदेखि रसियन कलाकारसम्मको नृत्य पनि छ।

फेस्टिभलमा सहभागी आगन्तुकहरूले विभिन्न प्रकारका खानाका स्टलहरू, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र अफरहरूको अनुभव लिन सक्नेछन्। यसले स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने र नेपालगन्जलाई ‘फुड डेस्टिनेसन’का रूपमा चिनाउने विश्वास गरिएको छ। दिउँसो गर्मी हुने भएका कारण साँझ ६ बजेदेखि राति ११ बजेसम्म हुने खानाका परिकारदेखि लाइभ म्युजिकको पनि कार्यक्रम छ।


प्रकाशित : शनिबार, वैशाख १२ २०८३१६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend