बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

त्रिपुरेश्वरको दशरथ रंगशालामा २३ सुकुम्बासी परिवारको तथ्यांक संकलन, स्वास्थ्य सेवा व्यवस्था

शनिबार, वैशाख १२ २०८३
त्रिपुरेश्वरको दशरथ रंगशालामा २३ सुकुम्बासी परिवारको तथ्यांक संकलन, स्वास्थ्य सेवा व्यवस्था

दशरथ रंगशालास्थित होल्डिङ सेन्टरमा हालसम्म २३ सुकुम्बासी परिवारको तथ्यांक संकलन गरिएको छ। उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका परिवारहरूको विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।

काठमाडौं- दशरथ रंगशालास्थित होल्डिङ सेन्टरमा हालसम्म २३ सुकुम्बासी परिवारको तथ्यांक संकलन गरिएको छ। उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका परिवारहरूको विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।

थापाथली र गैरीगाउँ क्षेत्रबाट विस्थापित सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको प्राधिकरणले जनाएको छ।

WhatsApp Image 2026-04-25 at 14.59.45 (1).jpeg

यसैबीच, होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ। थप उपचार आवश्यक परेमा काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएको जनाइएको छ।

महानगरपालिकाका अनुसार वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित केन्द्रहरूबाट सामान्य प्राथमिक उपचार सेवा प्रदान भइरहेको छ।

WhatsApp Image 2026-04-25 at 14.59.44.jpeg


प्रकाशित : शनिबार, वैशाख १२ २०८३१५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend