आइतबार, असोज ६ गते २०८१    
images
images

वीरगञ्ज नाकाबाट ८ महिनामा ३४ अर्बभन्दा बढी राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
images
images
वीरगञ्ज नाकाबाट ८ महिनामा ३४ अर्बभन्दा बढी राजस्व संकलन

आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुनसम्ममा १ खर्ब ४ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले ३४ अर्ब ५ करोड बढी अर्थात् १ खर्ब ३८ अर्ब ९४ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

images
images

वीरगञ्ज- देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य सुधार भएको छ।

images
images
images

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो।

गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ३४ अर्ब रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुनसम्ममा १ खर्ब ४ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले ३४ अर्ब ५ करोड बढी अर्थात् १ खर्ब ३८ अर्ब ९४ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो समीक्षा अवधीको तुलनामा ३२.४६ प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायतका इन्धन र जिप, कारलागयतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले समीक्षा अवधिको तुलनामा चालु आवमा सवारी साधान आयातबाट २१ प्रतिशत र इन्धनको आयातबाट ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए।

images

समीक्षा अवधिमा २२ अर्ब ८३ करोड मूल्यका विभिन्न सवारी साधन आयात हुँदा २५ अर्ब ७८ करोड रूपैयाँ राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा २८ अर्ब १४ करोड मूल्यका सवारी साधन आयात हुँदा ३१ अर्ब तीन करोड रूपैयाँ राजस्व सङ्कलन भएको गुप्ताले जानकारी दिए।

त्यसै गत आवमा ७० अर्ब ८२ करोड मूल्यको इन्धन आयात हुँदा ३९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवको सोही अवधिमा १ खर्ब ३४ अर्ब ४८ करोड मूल्यको इन्धन आयात हुँदा ५४ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। बढ्दो ब्याजदर र सीमा क्षेत्रमा हुने विभिन्न वस्तुको अवैध ओसारपसारलाई सरकारले नियन्त्रण गरे वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा थप सुधार हुने उद्योगी व्यवसायीको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , चैत १० २०७८०७:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend