बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पाँच निर्माण कम्पनीलाई साेधियाे स्पष्टीकरण

बिहीबार , चैत १० २०७८
पाँच निर्माण कम्पनीलाई साेधियाे स्पष्टीकरण

बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले कालोसूचीमा राख्न सिफारिस गरेको हो। 

काठमाडाैं- कालोसूचीमा राख्न सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ। ठेक्का लगाएका निकायले समयमा काम नगर्ने कम्पनीलाई कालाेसूचीमा राख्न सिफारिस गरेको थियो। 

अनुगमन कार्यालयले अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखालाई स्पष्टीकरण साेधेको हो। समयमा काम नगरेको भन्दै एक सूचना जारी गरेर अनुगमन कार्यालयले स्पष्टिकरण सोधेको हो।

अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालिलाई सुर्खेतको चौकुने गाउँपालिकाले, अभिषेक निर्माण सेवालाई सडक डिभिजन दाङले, श्रेष्ठ निर्माण सेवालाई सडक पूर्वाधार विकास कार्यालय पाल्पाले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए।

बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले कालोसूचीमा राख्न सिफारिस गरेको हो। 

सार्वजनिक सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण पेस गर्न कार्यालयले ती कम्पनीलाई समय दिएकाे छ। स्पष्टीकरण चित्तबुझ्दो नभए कार्यालयले कालाे सूचीमा राख्ने छ र साे अवधिभर ती कम्पनीले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। 


प्रकाशित : बिहीबार , चैत १० २०७८०६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend