बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

आँखू खोला जलविद्युतको नाफा बढ्याे, प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ११ २०८३
आँखू खोला जलविद्युतको नाफा बढ्याे, प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ

विवरण अनुसार कम्पनीले यस अवधिसम्म ३ करोड ८३ लाख ३५ हजार ९ सय ६० रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३.८ प्रतिशतको वृद्धि हो। गत वर्ष कम्पनीले ३ करोड ३६ लाख ८१ हजार ६ सय ९६ रुपैयाँ नाफा आर्जन गरेको थियो।

काठमाडाै‌ं- आँखू खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ। वित्तीय विवरण अनुसार मुनाफा र आम्दानी दुवैमा वृद्धि भएको छ। 

विवरण अनुसार कम्पनीले यस अवधिसम्म ३ करोड ८३ लाख ३५ हजार ९ सय ६० रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३.८ प्रतिशतको वृद्धि हो। गत वर्ष कम्पनीले ३ करोड ३६ लाख ८१ हजार ६ सय ९६ रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा  सुधार आएको देखिन्छ। गत वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ७ लाख २८ हजार रुपैयाँ रहेको कुल आम्दानी यस वर्ष ४१ करोड ७५ लाख रुपैयाँले बढेर १७ करोड २४ लाख ८० हजार १६३ रुपैयाँ पुगेको छ। 

३३ केभी डबल सर्किट लाइनको निर्माण र उपयोगका साथै जलविद्युतको राम्रो अवस्थाका कारण आम्दानी बढ्न पुगेको कम्पनीले उल्लेख गरेको छ।

वित्तीय सूचकहरूतर्फ कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ५६ पैसा कायम भएको छ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने बजार मूल्य ४०१ रुपैयाँ ६० पैसाका आधारमा मूल्य आम्दानी अनुपात १ सय ५७ गुणा देखिएको छ। कम्पनीको चालू मौज्दात अनुपात २.९५ रहेको छ। जसले कम्पनीको अल्पकालीन वित्तीय अवस्था सबल रहेको संकेत गर्छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष १५ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। पुँजीगत संरचनामा सुधार ल्याउन र ऋण भार कम गर्न कम्पनीले प्रयास गरिरहेको विवरणमा देखिन्छ। 

यस अवधिमा कम्पनीको वित्त लागतमा पनि १४.२२ मिलियन रुपैयाँले कमी आएको छ। जुन कर्जाको पूर्वभुक्तानी र ब्याजदरमा भएको समायोजनको परिणाम हो।


प्रकाशित : शुक्रबार, वैशाख ११ २०८३११:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend