बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढ्यो

बिहीबार , चैत १० २०७८
सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढ्यो

बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ३ सय रुपैयाँ तोकिएको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको छ। बुधबार भने सुनको मूल्य तोलमा ११ सय रुपैयाँ घटेको थियो।

बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ३ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँका कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य १३ सय ७५ प्रतितोला कायम भएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , चैत १० २०७८०५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend