मंगलबार, चैत २६ गते २०८१     १० : ३२ : १४
मंगलबार, चैत २६ २०८१
images
images

विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो, संकलन गरियो ६४ करोड ३५ लाख

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
images
images
विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो, संकलन गरियो ६४ करोड ३५ लाख

विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत् चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ।

images
images

जनकपुर- मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ।

images
images

विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८ सय ३३ ग्राहकको विद्युत् लाइन काटिएको छ।

images
images

मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख रूपैयाँ महसुल सङ्कलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनिन्द्र ठाकुरले जानकारी दिए।

images
images

लाइन कट्टा गरिएकामध्ये ९ हजार ७ सय १४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १ सय ९० रूपैयाँ राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताए। विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ।   

यस्तै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ। विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत् चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ।   

गत आर्थिक वर्षमा १६ दशमलव १२ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिकको सात महिनाको अवधिमा विद्युत् चुहावटलाई १२ दशमलव तीन प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३ दशमलव ९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलङ्गवा वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको प्रमुख इ ठाकुरले जानकारी दिए।  

यसरी हेर्दा मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रण अभियानबाट विगत सात महिनाको अवधिमा ३४ करोड रूपैयाँ बराबरको विद्युत् चुहावट घटेको अनुमान गरिएको छ। सो अवधिमा चुहावट नियन्त्रण अभियानअन्तर्गत विद्युत् हुकिङ गर्ने १ हजार ५ सय ९० लाई पक्राउ गरी तिनीहरूबाट जरिवानाबापत ३ करोड ४८ लाख रूपैयाँ राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताए। रासस


प्रकाशित : बिहीबार , चैत १० २०७८०५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend