काठमाडौं- साताको चौथो कारोबार दिन आज नेप्स परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६ सय ९९ कित्ता सेयर ९३ हजार ९ सय ७ पटक किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५हजार ७ सय ५७ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ मिल्स कम्पनीको ३० करोड ४२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहमध्ये परिसूचक घटेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४२ प्रतिशत घटेको छ।
त्यसैगरि, बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन्।
