शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

त्रिवेणीले डिलरसिप पाएसँगै देशभर माग्यो रोयल इनफिल्डको स्थानीय डिलर 

अल्फा अटोमोबाइलले १८ सहरमा डिलर नियुक्त गर्दै

images
images
त्रिवेणीले डिलरसिप पाएसँगै देशभर माग्यो रोयल इनफिल्डको स्थानीय डिलर 

डिलर लिन इच्छुकहरुले कम्पनीहरुले ३१ मार्चसम्म आवेदन दिइसक्नु पर्ने छ। 

images
images

काठमाडौं- बेलायती दुईपांग्रे सवारी ब्रान्ड रोयल इनफिल्डको आधिकारिक बिक्रेता नियुक्त भएसँगै त्रिवेणी समूहले देशभर डिलर माग गरेको छ। त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोबाइल प्रालिले काठमडौंसहित देशभरका १८ वटा सहरमा डिलर राख्नका लागि आह्वान गरेको हो। 

images
images
images

अल्फाले बिर्तामोड, विराटनगर, राजविराज, लाहन, वीरगञ्ज, हेटौंडा र काठमाडौका लागि स्थानीय डिलर मागेको हो। त्यस्तै कम्पनीले भक्तपुर, लेखनाथ, स्याङजा, बागलुङ, दमौली, भैरहवा, कपिलवस्तु, नेपालगञ्ज, गुलरिया, टिकापुर र धनगढीका लागि डिलर मागेको हो। 

images

डिलर लिन इच्छुकहरुले कम्पनीहरुले ३१ मार्चसम्म आवेदन दिइसक्नु पर्ने छ। 

images

हालैमात्र रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेतामा त्रिवेणी समूह नियुक्त भएको थियो। पुरानो आधिकारिक बिक्रेताबाट असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले नेपालमा नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको हो।

images
images

यसअघि नेपाली बजारमा रोयल इनफिल्डका मोटरसाइकल दुगड समूहले बिक्री गर्दै आएको थियो। विगत २० वर्षदेखि रोयल इनफिल्डको आधिकारिक बिक्रेता रहेको विवेक अटोमोबाइल्स प्रालीबाट यो ब्रान्ड खोसिएको हो।

 

images

प्रकाशित : बुधबार, चैत ९ २०७८०६:०१

प्रतिक्रिया दिनुहोस