बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

बुधबार, चैत ९ २०७८
सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

बुधबारका लागि चाँदी प्रतितोला १३ सय ७० रुपैयाँ तोकिएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको छ। मंगलबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ११ सय रुपैयाँ घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदी प्रतितोला १३ सय ७० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, चैत ९ २०७८०५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend