आइतबार, जेठ ६ गते २०८१    
images
images

रोकिएन मोटरसाइकल चोरी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
images
images
रोकिएन मोटरसाइकल चोरी

प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुने क्रम भने रोकिएको छैन।

images
images

काठमाडौं- प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुने क्रम भने रोकिएको छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकजसो नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ। कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन्। 

images
images
images

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। शुक्रबार मात्रै महाशाखाले काठमाडौंको थलीबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गर्‍यो। 

images

महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरेर लगिरहेको अबस्थामा वाग्मती प्रदेश ०२-०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी-मनहरा नगरपालिका-५ थलीबाट नियन्त्रणमा लिएको हो। 

images
images

खोटाङ घर भइ काँडाघारी बस्ने सञ्जिव राईले बिहीबार साँझ पार्किङ गरेर राखेको अबस्थामा लाभडाँडाबाट हराएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उक्त मोटरसाईकल सहित धिताल पत्रार परेका हुन्। 

images
images

उनीमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भइ साँखु बस्ने वर्ष २६ को जीतबहादुर र २४ वर्षे बिष्णु तामाङसमेत भइ चोरी गरेको र उनीहरूसँग अर्को चोरीको मोटरसाइकलसमेत रहेको खुल्न आएको थियो। 

खोजी गर्ने क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरससाइकलसमेत बरामद गरिएको छ। तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३-०२-००१ प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३-०२-००७ प ८४९४ रहेको अबस्थामा बरामद भएको थियो। चोरी गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ। पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरमा पठाइएको छ।

यसरी चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ। शुक्रबार मात्रै ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिए। उनले सवारी साधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान जारी रहेको जानकारी गराउँदै सुरक्षाका उपाय अपनाउन पनि सवारी धनीसँग अनुरोध गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, असोज १ २०७८११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend