आइतबार, असोज ६ गते २०८१    
images
images

बढ्यो पुनर्कर्जाको ब्याजदर 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
images
images
बढ्यो पुनर्कर्जाको ब्याजदर 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो। सोही व्यवस्था कार्यान्वयन गर्नका लागि कार्यविधि संसोधन गरेर ब्याजदर बढाइएको हो। 

images
images

काठमाडौं- प्राथमिकता प्राप्त उद्योगलाई सहुलियतमा ऋण दिएर उत्पादन बढाउन भन्दै दिइने पुनर्कर्जाको ब्याजदर बढेको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ मा संसोधन गर्दै ब्याजदर  बढाएको छ।  नयाँ व्यवस्था अनुसार पुनर्कर्जाको ब्याजदर अधिकतम सात प्रतिशत पुगेको छ। संसोधित व्यवस्था अनुसार न्यूनतम ५ र अधिकत सात प्रतिशत ब्याजदर हुने छ। 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो। सोही व्यवस्था कार्यान्वयन गर्नका लागि कार्यविधि संसोधन गरेर ब्याजदर बढाइएको हो। 

लघु, घरेलु, साना उद्यम र साधारण  पुनर्कर्जा लिनेले सात प्रतिशत ब्याज तिर्नुपर्ने छ यसअघि पाँच प्रतिशत मात्र थियो। त्यस्तै विशेष पुनर्कर्जाका लागि ब्याजदर पाँच प्रतिशत पुगेको छ। यसअघि यसको ब्याजदर तीन प्रतिशत थियो। 

images

पुनर्कर्जा एक वर्षका लागि हुन्छ। तोकिएका बाहेकका अरुमा यसको नवीकरण नहुने व्यवस्था छ। कार्यविधिले निर्धारण गरेका क्षेत्र र प्रक्रिया पूरा गरेर यस्तो कर्जा सुविधा नेपाल राष्ट्र बैंकले दिँदै आएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मार्फत् यस्तो कर्जा सुविधा दिँदै आएको छ। 

 

 


प्रकाशित : मंगलबार, चैत ८ २०७८१४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend