बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बढ्यो पुनर्कर्जाको ब्याजदर 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
बढ्यो पुनर्कर्जाको ब्याजदर 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो। सोही व्यवस्था कार्यान्वयन गर्नका लागि कार्यविधि संसोधन गरेर ब्याजदर बढाइएको हो। 

काठमाडौं- प्राथमिकता प्राप्त उद्योगलाई सहुलियतमा ऋण दिएर उत्पादन बढाउन भन्दै दिइने पुनर्कर्जाको ब्याजदर बढेको छ। 

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ मा संसोधन गर्दै ब्याजदर  बढाएको छ।  नयाँ व्यवस्था अनुसार पुनर्कर्जाको ब्याजदर अधिकतम सात प्रतिशत पुगेको छ। संसोधित व्यवस्था अनुसार न्यूनतम ५ र अधिकत सात प्रतिशत ब्याजदर हुने छ। 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो। सोही व्यवस्था कार्यान्वयन गर्नका लागि कार्यविधि संसोधन गरेर ब्याजदर बढाइएको हो। 

लघु, घरेलु, साना उद्यम र साधारण  पुनर्कर्जा लिनेले सात प्रतिशत ब्याज तिर्नुपर्ने छ यसअघि पाँच प्रतिशत मात्र थियो। त्यस्तै विशेष पुनर्कर्जाका लागि ब्याजदर पाँच प्रतिशत पुगेको छ। यसअघि यसको ब्याजदर तीन प्रतिशत थियो। 

पुनर्कर्जा एक वर्षका लागि हुन्छ। तोकिएका बाहेकका अरुमा यसको नवीकरण नहुने व्यवस्था छ। कार्यविधिले निर्धारण गरेका क्षेत्र र प्रक्रिया पूरा गरेर यस्तो कर्जा सुविधा नेपाल राष्ट्र बैंकले दिँदै आएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मार्फत् यस्तो कर्जा सुविधा दिँदै आएको छ। 

 

 


प्रकाशित : मंगलबार, चैत ८ २०७८१४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend