बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ह्यात रिजेन्सी काठमाडौं र होटल याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफको निधन 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
ह्यात रिजेन्सी काठमाडौं र  होटल याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफको निधन 

सराफ होटल इन्टरप्राइज मार्फत् काठमाडौंमा याक एण्ड यति होटल स्थापना गरेका थिए। त्यसपछि एसियन होटल लिमिटेड मार्फत् उनले भारतको नयाँ दिल्लीमा हायात रिजेन्सी स्थापना गरेका थिए। 

काठमाडौं- होटल याक एण्डका संस्थापक राधेश्याम सराफको निधन भएको छ। 

भारतको नयाँ दिल्लीमा उपचारको क्रममा ९२ वर्षको उमेरमा सराफको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

नेपालको हस्पिटालिटी र शिक्षा क्षेत्रमा लगानी गरेका सराफले भारतमासमेत होटल साम्राज्य विस्तार गरेका थिए। भारतकै ठूला होटेलियर मानिने सराफले सन् १९७७ मा काठमाडौंमा याक एण्ड यति होटल स्थापना गरेका थिए। 

सराफ होटल इन्टरप्राइज मार्फत् काठमाडौंमा याक एण्ड यति होटल स्थापना गरेका थिए। त्यसपछि एसियन होटल लिमिटेड मार्फत् उनले भारतको नयाँ दिल्लीमा हायात रिजेन्सी स्थापना गरेका थिए। 

सन् १९९७ देखि काठमाडौंमा ह्यात रिजेन्सी होटल परियोजना सुरू गरेर सन् २००१ देखि सञ्चालनमा ल्याएका थिए। सरकारको समेत साझेदारीमा सराफले काठमाडौंमा ह्यात भित्र्याएका थिए। 

प्रकाशित : मंगलबार, चैत ८ २०७८१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend