आइतबार, असोज ६ गते २०८१    
images
images

चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा : मन्त्री चौधरी

images
मंगलबार, चैत ८ २०७८
images
images
चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा : मन्त्री चौधरी
मेलम्ची। फाइल तस्बिर

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन्।

images
images

काठमाडाैं- खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन्।

images
images
images

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए।  

'सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रुपमा सिस्नेरीलगायतका स्रोतको पनि अध्ययन भइरहेको छ', उनले भने।  

शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पुर्‍याउने प्रतिबद्धता उनले जनाए। तराई मधेसमा ८० देखि ९० प्रतिशतसम्म राज्यको लगानी गरेर ठूला ठूला ओभरहेड ट्यांकी निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्दै मन्त्री चौधरीले पूरा गर्ने गरी योजना अघि बढाइएको दाबी गरे।  

images

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु अवाश्यक रहेको सुनाए। मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए।  

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए। वर्षामा एक हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी संकलन नगर्दा समस्या हुने गरेको उनको बुझाइ थियो।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजलबाट अहिले पनि उपत्यकामा ७० प्रतिशत पानी जाने गरेकामा मूलमुनि भने खानेपानी नभएकाले पानीको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेका थिए। मेलम्चीको पानी पनि सुन्दरीजलमै प्रशोधन भएर उपत्यकामा वितरण हुन जाने भए पनि सुन्दरीजलवासी पानी हेरेरमात्र बस्ने गरी बनाइएको नीति गलत रहेको उनको भनाइ थियो।

कार्यक्रममा वीपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिलभद्र खनाललगायतले भूमिगत पानीको सही रुपमा उपयोग एवं व्यवस्थापन गरिनुपर्नेमा जोड दिड दिएका थिए। कार्यक्रममा पानीका बारेमा माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितसमेत आयोजना गरिएको थियो।  रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend