बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नवलपुरको दुम्कीबास-बर्दघाट र कास्कीको हेम्जा-नयाँपुलमा पनि सुरुङ बन्ने

मंगलबार, चैत ८ २०७८
नवलपुरको दुम्कीबास-बर्दघाट र कास्कीको हेम्जा-नयाँपुलमा पनि सुरुङ बन्ने

काठमाडौं- सडक विभागले थप नयाँ दुई सुरुङ मार्ग बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको प्रक्रिया अघि बढाएको छ। सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले दुई वटा सुरुङ मार्ग निर्माणका लागि परामर्शदाता छनोट गर्न सूचना प्रकाशित गरेको हो। 

सडक विभागका अनुसार कास्कीको हेम्जादेखि नयाँपुलसम्म र नवलपुरको दुम्कीबासदेखि बर्दघाटसम्म सुरुङ मार्ग निमार्णको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीले चैत २३ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने छन्। 

सम्भाव्यता अध्ययन गर्न ३ वटा कम्पनीसम्मले संयुक्त उपक्रममा सहभागी हुन पाउने छन्। 

विभागले चितवनको शक्तिखोर(मझिमटार र इलामको सुनमाइ राजदुवालीमा सडक सुरुङ बनाउनका लागि परामर्शदाता छनोटका लागि सूचना प्रकाशित गरेको थियो। 

ती दुई सुरुङ मार्गको परामर्शका लागि इच्छुक कम्पनीहरुले चैत २० गतेभित्र आयुस पेश गर्नु पर्नेछ। सडक विभागले देशका विभिन्न सडकमा सहज आवागमनका लागि सुरुङ मार्ग निर्माणलाई तीब्रता दिएको छ। 

नेपालको पहिलो सडक सुरुङ मार्ग नागढुंगा नौबिसे सुरुङ मार्ग निर्माणाधीन अवस्थामा छ। उक्त सुरुङमार्गको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ। अन्य सडकको सुरुङ मार्ग निर्माणका लागि प्ररम्भिक तयारीकै काम भइरहेको छ।


प्रकाशित : मंगलबार, चैत ८ २०७८०५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend