शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

५१ लाख रूपैयाँ खर्चेर डाँडामा भ्यूटावर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
images
५१ लाख रूपैयाँ खर्चेर डाँडामा भ्यूटावर
images
images

गोरखा- गण्डकी प्रदेश सरकारको ‘एक पालिका एक पर्यटकीय गन्तव्य’ कार्यक्रमअन्तर्गत गोरखाको शहिद लखन गाउँपालिकामा ५१ लाख रूपैयाँभन्दा बढीको लागतमा भ्यूटावर बनाइएको छ। प्रदेश सरकार आर्थिक सहयोग र स्थानीयवासीसमेतको जनश्रमदानबाट भ्यूटावर निर्माण भएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।

images
images
images

'प्रदेश सरकारबाट कूल विनियोजित ४३ लाख ५४ हजार २ सय ८७ रूपैयाँ अनुदान उपलब्ध गराएको थियो', उनले भने, 'त्यसबाहेक स्थानीय उपभोक्ता समितिबाट समेत झण्डै रु आठ लाख बराबरको जनश्रमदान भएको छ।'

images
images

धार्मिक पर्यटकको अत्यधिक सम्भावना रहेको शहिद लखन गाउँपालिकास्थित बक्रेश्वरी थानडाँडामा निर्माण गरिएको उक्त भ्यूटावरले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ।

images
images

'बक्रेश्वरी मन्दिरमा बोली नफुटेका वा बोली स्पस्ट नभएका बालबालिकाले भाकल गरी पूजाआजा गरेमा बोली फुट्छ वा स्पस्टसमेत हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ', उनले भने, 'दृष्यावलोकनका हिसाबले पनि बक्रेश्वरी डाँडा अत्यन्त मनमोहक रहेकाले यसलाई गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न चाहेको हो।'

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिकामा एउटा पर्यटकीय गन्तव्यको विकास गर्ने योजनाअन्तर्गत शहिद लखन गाउँपालिकाले धार्मिक दृष्टिकोणमा समेत महत्वपूर्ण आस्थाको केन्द्र मानिएको बक्रेश्वरी थान डाँडामा धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित आकर्षक भ्यूटावर निर्माण गरेको उनको भनाइ छ। विसं २०७७ जेठ १२ गते निर्माण सम्झौता भएको उक्त भ्यूटावर गत असारमा निर्माण सम्पन्न भएको थियो।

सिद्ध लखन भ्यूटावरस्थल ऐतिहासिक हिसाबले समेत गुरु गोरखनाथबाट लखन थापाले शिद्धता प्राप्त गरेको ठाउँ भएकाले त्यसको विशेष महत्व रहेको पाइन्छ। नवनिर्मित भ्यूटावरबाट हिमालका सुन्दर दृष्यावलोकनका साथै सूर्याेदय र सूर्यअस्तसमेतलाई नजिकबाट नियाल्न पाउने छन्। नवनिर्मित भ्यूटावरको गण्डकी प्रदेशसभा सदस्य लेखबहादुर थापाले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरे। रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend