बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

फेरि तोलामा १ लाख नाघ्यो सुनको मूल्य 

मंगलबार, चैत ८ २०७८
फेरि तोलामा १ लाख नाघ्यो सुनको मूल्य 

मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा १ लाख ३ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- सुनको मूल्य फेरी तोलामा १ लाख नाघेको छ। सोमबारको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख नाघेको हो।

मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा १ लाख ३ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ९९ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, चैत ८ २०७८०५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend