शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
images
images
तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ।

images
images

काठमाडौं-चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ। माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए। नाकाबाट ८२ करोड  ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो।

images
images

आर्थिक वर्ष २०७८.७९ असार मसान्तसम्म  एक अर्ब ६४ करोड लक्ष्य लिएकामा दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए। सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए। नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ। 

images
images

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा  कोरोना महामारीपछि  नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन। आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए। नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर,

images
images
images

लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन्। भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो। रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend