बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

जाजरकोट-जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

सोमबार, चैत ७ २०७८
जाजरकोट-जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुंगासम्म सडक स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

जाजरकोट- जाजरकोट-जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ। सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुंगासम्म सडक स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सीडीई शुभराज न्यौपानेले जानकारी दिए।

बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई पत्र पठाएको छ।

तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ। चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ। केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताए। रासस


प्रकाशित : सोमबार, चैत ७ २०७८०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend