शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

डाउन टाउन हाउजिङसँग घरजग्गा वापतको ४५ लाख कर असुली गर्न निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
डाउन टाउन हाउजिङसँग घरजग्गा वापतको ४५ लाख कर असुली गर्न निर्देशन

महालेखाले आर्थिक वर्ष २०७२/०७३ देखि  आर्थिक वर्ष ०७६/०७७ सम्मको कुल घर, जग्गा र नक्सा पास वेगरको निर्माण  वापतको गरी १ करोड ३१ लाख ६६ हजार ३ सय ८५ रुपैयाँमा जम्मा ८६ लाख रुपैयाँ भुक्तानी गरेको उल्लेख छ।

काठमाडौं- डाउन टाउन हाउजिङ प्रालिले घरजग्गा वापतको पूरा कर रकम दाखिला नगरेको तथ्य खुल्न आएको छ।

ललितपुर धापाखेलमा निर्माण भएका घर तथा जग्गाको कर दाखिलामा हाउजिङले गडबडी गरेको महालेखाको ५८ औं प्रतिवेदन २०७८  (ललितपुर महानगरको महालेखा परीक्षणको वार्षिक प्रतिवेदन) मा उल्लेख छ।

महालेखाले हाउजिङसँग थप ४५ लाख ६६ हजार ३ सय ८५ रुपैयाँ असुली गर्न महानगरपालिकालाई भनको छ।

महालेखाले आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष ०७६/०७७ सम्मको कुल घर, जग्गा र नक्सा पास वेगरको निर्माण वापतको गरी १ करोड ३१ लाख ६६ हजार ३ सय ८५ रुपैयाँमा जम्मा ८६ लाख रुपैयाँ भुक्तानी गरेको उल्लेख छ।

यसबाहेकको हाउजिङसँग ४५ लाख ६६ हजार  ३ सय ८५ रुपैयाँ घर तथा जग्गा कर बाहहेकको रकमको असुली गर्न महालेखाले लतिपुर महानगरपालिकालाई सुझाव दिएको छ।

प्रकाशित : शुक्रबार, असोज १ २०७८०७:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend