आइतबार, असोज ६ गते २०८१    
images
images

विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई तत्काल नहटाउन आदेश

images
आइतबार, चैत ६ २०७८
images
images
विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई तत्काल नहटाउन आदेश

सरकारले छानविन समिति गठन गरेर अध्यक्षसहित आयोगका सदस्यहरूलाई हटाएको थियो।

images
images

काठमाडौं- विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह र सदस्य भागिरथी ज्ञवालीलाई तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

images
images
images

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सिंह र ज्ञवालीलाई हटाउनुका कारण पेश गर्नका लागि छलफलमा बोलाएको छ। चैत १३ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ। 

सरकारले छानविन समिति गठन गरेर अध्यक्षसहित आयोगका सदस्यहरूलाई हटाएको थियो। ऊर्जामन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्ले गत पुस तेस्रो साता पूर्वन्यायाधीश प्रकाशचन्द्र गजुरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे सदस्य थिए। हटाएसँगै सरकारले नयाँ नियुक्तिको लागि गतसाता सूचना प्रकाशन गरिसकेको छ। 

images

 


प्रकाशित : आइतबार, चैत ६ २०७८११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend