आइतबार, असोज ६ गते २०८१    
images
images

नेपालमा ९३ प्रतिशतले लगाए कोभिडविरुद्धको खोप

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ६ २०७८
images
images
नेपालमा ९३ प्रतिशतले लगाए कोभिडविरुद्धको खोप

नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १ सय ८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन्।

images
images

काठमाडौं- हालसम्म ९३ प्रतिशत नेपालीले कोभिडविरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये १ करोड ८४ लाख ९८ हजार १ सय ६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो।

images
images
images

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने १ करोड ६१ लाख ८४ हजार ८ सय ५८ रहेको छ। यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो। साथै १२-१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७ सय ८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन्। १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९ सय ९८ (६७ प्रतिशत) रहेको छ।

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९ सय ४१ मात्रा खोप प्रदान गरिएको छ। जसमध्ये १ करोड ८६ लाख ९५ हजार ८ सय २६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५ सय ९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५ सय २० मात्रा बुस्टर डोज प्रदान गरिएको हो।

नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ। केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त गरेको थियो।

images

नेपालमा हाल ३ हजार ९ सय ९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन्। कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १ सय ८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन्। सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ।

नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ। १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसङख्या मात्र बाँकी छ। रासस


प्रकाशित : आइतबार, चैत ६ २०७८०५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend