बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

आइतबार, चैत ६ २०७८
सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

आइतबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ। रुस र युक्रेनबीचको युद्धका कारण लगातार बढीरहेको सुनको मूल्य गए सातायता भने घट्न थालेको छ। 

आइतबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, चैत ६ २०७८०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend