बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

शैक्षिक प्रमाणपत्र धितोमा युवाले लैजान थाले बैंकबाट ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ६ २०७८
शैक्षिक प्रमाणपत्र धितोमा युवाले लैजान थाले बैंकबाट ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण

प्रमाणपत्र राखेर योजनाअनुसार उपयुक्त देखिएमा एक जना युवाले २५ लाख रूपैयाँसम्म ऋण पाउने कार्यवधिमा उल्लेख गरिएको छ। 

काठमाडौं- सरकारले धेरै वर्षदेखि बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा सहुलियतपूर्ण ऋण दिने घोषणा गरेता पनि कार्यन्वयन जटिल बन्दै आएको थियो। पछिल्लो समय राष्ट्र बैंकले कार्यविधि बनाउँदै बैंकहरूलाई दिर्नेशन दिएसँगै प्रमाणपत्र धितोमा ऋण पाउन थालेका हुन्। 

शैक्षिक प्रमाणपत्र धितो राखेर हालसम्म १ सय ५१ जनाले ५ करोड ९५ लाख रुपैयाँ कर्जा लगेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म १ सय ५१ जना युवाले प्रमाणपत्र धितो राखेर बैंकबाट ५ प्रतिशत ब्याजदरमा ऋण लगेका हुन्। 

सरकारले बजेटमार्फत स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने घोषणा गरेको थियो। 

सोही घोषणाअनुसार राष्ट्र बैंकले तयार पारेको कार्यविधि बमोजिम ऋण प्रवाह गरिएको छ। युवाले प्रमाणपत्र मात्रै राखेर ऋण पाउने भन्दा पनि प्रमाणपत्र राखेर योजनाअनुसार उपयुक्त देखिएमा एक जना युवाले २५ लाख रूपैयाँसम्म ऋण पाउने कार्यवधिमा उल्लेख गरिएको छ। 


प्रकाशित : आइतबार, चैत ६ २०७८०५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend