आइतबार, असोज ६ गते २०८१    
images
images

६३ जिल्लाबाट विद्युतीय पासपोर्ट, जारी भए ९२ हजार  ४ सय वटा

images
शनिबार, चैत ५ २०७८
images
images
६३ जिल्लाबाट विद्युतीय पासपोर्ट, जारी भए ९२ हजार  ४ सय वटा

विभागका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका सबै जिल्लाबाट ई-पासपोर्ट जारी भइरहेको छ।

images
images

काठमाडौं- राहदानी विभागले मंसिर १ गतेबाट ई-पासपोर्ट जारी गर्न सुरु गरेको थियो। विभागका अनुसार फागुन २५ अर्थात मार्च ९ सम्म ९२ हजार ४ सय ९ वटा ई-पासपोर्ट जारी भइसेको छ।

images
images
images

विभागले दिएको जानकारी अनुसरा अहिले ६३ जिल्लाबाट ई-पासपोर्ट बनाउने काम सुरु भएको छ। १४ वटा जिल्लाबाट मात्रै एमआरपी जारी भइरहेको छ।

बाँकी जिल्लाहरबाट पनि छिट्टै ई-पासपोर्ट जारी हुने विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका सबै जिल्लाबाट ई-पासपोर्ट जारी भइरहेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, बैतडी र दार्चुला बाहेक सबै जिल्लाबाट ई-पासपोर्ट जारीको काम सुरु भइसेको विभागको भनाइ छ। यसैगरी गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा ई-पासपोर्टको सेवा पुगेको विभागले जनाएको छ।

images

साथै  लुम्बिनी प्रदेशको रुकुम पूर्व बाहेक सबै जिल्लामा सेवा पुगेको र कर्णाली प्रदेशको दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु र  हुम्ला बाहेकका जिल्लामा सेवा पुगेको विभागले जनाएको छ।


प्रकाशित : शनिबार, चैत ५ २०७८१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend