शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

दसैँलक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा, कुनको मूल्य कति सस्तो ?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
दसैँलक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा, कुनको मूल्य कति सस्तो ?

सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। दसैँ तिहार छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेगरी पसल सञ्चालनमा ल्याएको हो।

काठमाडौं- सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। दसैँ तिहार छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेगरी पसल सञ्चालनमा ल्याएको हो। 

अन्य पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेगरी सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने तयारी छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामान राख्नेछन्।

चिनी, नुन, चामल, खसी,बोका,घ्यू, पनिरजस्ता सामान ती सुपथ मूल्यका पसलबाट किन्न सकिनेछ। सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने छ। 

देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन्। ती पसलमा चामल किनेमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी-बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइनेछ।

सुपथ मूल्यका पसलबाट विक्री गर्न खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुई हजार खसी-बोका खरिद गर्ने प्रक्रिया सुरू गरिसकेको छ।

supath-1.jpg


प्रकाशित : शुक्रबार, असोज १ २०७८०५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend